महोत्तरी- महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेनुकुमारी महतोले प्रयोग गर्ने सवारीमा मध्यराति आगजनी गरिएको छ । गौशाला नगरपालिका–१ रामनगर स्थित उपप्रमुखको निवास अगाडि राखिएको गाडीमा पेट्रोल छर्केर आगजनी गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।

उपप्रमुख महतोले प्रयोग गर्ने प्रदेश २–०२–००१झ ०००५ नम्बरको गाडीमा आगजनि गरिएको प्रहरी निरीक्षक यादवले बताए । गाडीको टायर बलेर गन्हाएपछि गाडीमा आगो लागेको छिमेकीले थाहा पाएका थिए । आगो लागेको केहि बेरमै छिमेकीले देखेका कारण गाडीको पछाडिको टायर र केही बाहिरी भागमा मात्र क्षति भएको छ । स्थानीयले नै आगो निभाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय