काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले रूसी सेनामा भर्ना हुन पुगेका एक सय जना नेपालीहरू हराइरहेको भन्ने उजुरी परेको बताएका छन् ।

रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले दिएको बताउदै साउदले यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको बताए । बेपत्ता भएकाको खोजीका मन्त्रालयले नेपालस्थित रूसी राजदूतलाई मन्त्रालयमा नै बोलायर यसबारे चासो राखेकोबारे सरकारसम्म पु-याउन स्पष्ट सन्देश दिएको पनि मन्त्री साउदले बताए ।

 

काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका करिब दुई सय जना नेपाली युवा सेनामा भर्ना भएको आशंका गरिएको बताउदै साउदले त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्ने अनुमान गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय