मुआवजा लगाएतका विवादले केही समय सुस्ताएको ब्रोडगेज रेलमार्गको कामले अहिले गति लिएको छ । विवाद समाधानपछि बर्दीबासमा अहिले दुई चरणको रेलमार्ग निर्माणाधीन छन। बर्दिबास निजगढ ७० किमी र विजलपुरा बर्दिबास १७ किमी रेल मार्गको काम दु्रत गतिमा भइरहेको छ । यो खण्डमा अहिले बर्दिबासदेखि रौतहटको सन्तपुरसम्म धमाधम काम भइरहेको छ । यस खण्डमा पर्ने १६ वटा प्रमुख नदीमा रेल्वे पुल निर्माणको काम करिव सम्पन्न भइसकेको छ भने सयजति साना पुल र कलर्भटको काम पनि पुरा भएको छ । ट्रयाक वेस फिलिङ कार्यसमेत युद्ध स्तरमा भइरहेको छ ।



‘मुआवजा समस्या समाधानमै ७ वर्ष लागेकाले काम गर्न ढिलो भए पनि अहिले निर्माण कार्यले गति लिन थालेको छ ।सरकारले चालु आवका लागि यस खण्डमा ८० करोड बजेट विनियोजन गरेका छन । पूर्वपश्चिम रेलमार्गको अवधारणामा सन २००८ देखि काम सुरु भए पनि डिपीआर, मुआवजा समस्या र प्राविधिक कारणले यसअगि कामले गति लिन सकेको थिएन । विवाद समाधनपछि निर्माण कार्यले अपेक्षित गतिमा अघि बढेको छ ।
मुआवजा विवाद र जग्गा अधिग्रहणका कारण महोत्तरीको विजलपुरामा आएर अड्केको जयनगर–जनकपुर–बर्दीबास रेल्वेको काम पनि अघि बढेको छ । अहिले नेपाल भारत ज्वाइन्ट सर्वेले विजलपुरा–बर्दीबास १७ कीमी खण्डमा जग्गा छुट्याउने र अधिग्रहणको काम सुरु गरेको छ । निर्माणको चरणमा यो सवैभन्दा जटिल काम हो । भारतीय सहयोगमा बन्ने यस खण्डमा पुल पुलेसादेखि माटो भर्ने कार्य पनि सुरु गरिएको उहाँले जनाउनु भयो ।
‘आगामी ३ वर्षभित्र बर्दीबाससम्म रेल सेवा संचालन गरि सकने लक्ष्यसहित भारतीय पक्षले यस खण्डको टेण्डर प्रकृया पनि पुरा गरिसकेका छ । कामले गति लिएको छ । यही गतिमा काम अघि बढदै गए निर्धारित समयभित्र बर्दीबाससम्म रेल गुडनेमा स्थानीयहरु आशावादी भएका छन



