बारा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्र संचालनमा रहेका केहि उधोगले बिधुत खपत गरेको बापत महसुल नतिरेका कारण बिधुत प्राधिकरणले बिधुत काटेपछि उधोगमा काम गरिरहेकाहरु मार्कामा परेका छन् । बिद्युत कटौतीको कारण देखाउँदै मजदुर कटौती गरिरहेको बिरोधमा बाराको सिमरामा बिभिन्न उधोगमा कार्यरत मजदुरहरुले प्रदर्शन गरेका छन् ।जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल, अशोक स्टील र हुलास स्टिलले खपत गरेको महसुल न तिरे पछि नेपाल बिधुत प्राधिकरणले उक्त उधोगको बिधुत काटेपछि त्यसमा कार्यरत मजदुरहरूले बिरोध प्रदर्शन गरेका हुन् ।

उद्योग बन्द हुँदा आफूहरूको रोजीरोटी सङ्कटमा परेको भन्दै उद्योग र प्राधिकरणबिचको द्वन्द्वको मारमा मजदुरहरुले आफूहरू परेको गुनासो गरेका छन् । बिधुत कटौती गरेको उधोगबाट आएका मजदुरहरुले ईलाका प्रहरी कार्यालय सिमरा र नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमरामा मजदुरहरुले ज्ञापन पत्र समेत बुझाएको छ । ईलाका प्रशासन कार्यालय र नेपाल बिधुत प्राधिकरण माध्यमबाट नेपाल बिद्युत प्राधिकरण र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नेपाल विद्युत प्राधिकरणले एक्कासी विद्युत लाइन काटेपछि रोजगार दाताहरुबाट उद्योगमा श्रमिकहरु कटौती गरी पारिश्रमिक दिन नसक्ने जानकारी गराएको हुँदा ती प्रतिष्ठानहरुमा कार्यरत ६ हजारभन्दा बढी श्रमिकहरुको रोजगारीमा प्रत्यक्ष असर पर्न गएको मजदुरहरुको भनाई रहेको छ । उनीहरुले प्रदर्शनमा रोजगारीको ग्यारेन्टी गर, श्रमिकको अधिकार सुनिश्चित गर, बन्द उद्योग खुला गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यता नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र सिमराका प्रमुख रमेश रुपाखेतीले सिमरा वितरण केन्द्रको मातहत रहेका ५ वटा उधोग बाट पांच सय पचास करोड इधुत महसुल उठाउने पर्ने बाकि रहेको बताएको छ । नेपाल बिधुत प्राधिकरणले पत्राचार गरे अनुसारनै आफुहरुले महसुल तिर्न न सकेका केहि उधोगको लाईन काटिएको बताएको छ । सिमरा बिधुत प्राधिकरण अन्तर्गत रहेका जगदम्बा स्टीलको ४ सय १४ करोड, असोक स्टीलको ७८ करोड, हामा आइरनको ११ करोड ५० लाख, हुलास स्टीलको ४३ करोड सूर्य नेपालको २ करोड ५० लाख रुपैयाँ बिधुत महसुल बाकि रहेको बताएको छ । हाल सिमरा वितरण केन्द्र भित्र रहेका अहिले जगदम्बा स्टील र अशोक स्टीलको बिधुत काटिएको प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय