धरान- धरान उपमहानगरपालिकका प्रमुख हर्कराज साम्पाङ राईले आफ्नै कार्यकक्षमा राखेको राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर राख्न दलका भातृ संगठनहरुले कार्यकक्षमै भेटेर आग्रह गरेका छन् । दलका भातृ सँगठनहरुले कार्यकक्षमा भेट्नु अघि धरान २ सिंहदेवी चौकबाट शान्तिपूर्ण ¥याली प्रदर्शन गर्दै धरान १२ उपमहानगरपालिकाको प्रांगरणमा पुगेका थिए । संविधानभन्दा बाहिर जान पाइदैन, हँटाइएको फोटो तुरुन्त साविककै ठाउामा राखियोस् लगायतका नारा लगाएर उपमहानगरपालिका नेकपा एमाले, नेपाली काँग्रेस, जसपा, नेकपा एस लगायतका पार्टीका विद्यार्थी संगठन र युवा दस्ता उपमहानगरपालिका पुगेका थिए ।

उपमहानरपालिकाको गेटमा बाक्लो प्रहरीले सुरक्षा दिएको अवस्थामा उहाँ समेत भातृ संगठनहरुले नाराबाजी गरेका थिए । अन्तत : केही सञ्चारकर्मी, नेपाली काँग्रेस धरान उपमहानगर समितिका सचिव हिमाल श्रेष्ठ, तरुण दलका धरान नगर अध्यक्ष राम तामाङ, युवा संघका तर्फबाट दिवस राई लगायत ११ जनाको टोली नगरप्रमुख साम्पाङकै कार्यकक्षमा बसेर छलफल भएको थियो । छलफलमा संविधानभन्दा बाहिर कसैले नमिल्ने भएकोले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न उनीहरुले आग्रह गरेका थिए ।

जवाफमा मेयर साम्पाङले दलहरुको तर्फबाट धरान उत्सवको उद्घाटनमा प्रधानमन्त्रीलाई बोलाउने प्रतिबद्धता भए तस्विर राख्ने बताउनुभएको थियो । दलहरुले पहिला फोटो राखेर प्रक्रिया अगाडि बढाउने बताउँदा समेत उहाँको एकमात्र जवाफ प्रधानमन्त्री धरान उत्सवमा आउने निश्चित गर्नुपर्ने अडान राख्नुभएको थियो ।

मेयर साम्पाङले काठमाण्डौ गएको बेला प्रधानमान्त्री पुष्पकमल दाहाललाई धरान उपत्सवका समयमा प्रमुख आतिथ्य ग्रहणका लागि आमन्त्रण गरेको र प्रधानमन्त्रीले आउने निश्चित गरेपछि सामाजिक सञ्जालमा समेत प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा महोत्सव हुने हवाला दिइसकेको अवस्थामा प्रधानमन्त्री नआउने पत्र उपमहानगरपालिकालाई पठाएपछि मेयर साम्पाङले धरानलाई उपेक्षा गरेको भन्दै आन्दोलनस्वरुप राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हँटाएको बताउनुभएको थियो । दुवैको अडानका कारण छलफल नै स्थगित भएको थियो ।

फोटो हटाएकै विषयलाई लिएर गत शुक्रबार बसको कार्यपालिका बैठक समेत स्थगित भएको थियो । आगामी पौष २०देखि २४ गतेसम्म हुन लागेको धरान उत्सवलाई कार्यपालिका वैठकबाट पारित गर्ने एजेण्डा पास गर्ने हेतु राखिएको कार्यपालिका बैठक मेयर साम्पाङको अडानले स्थगित भएको थियो । सम्पूर्ण कार्यपालिका सदस्यहरुले फोटो नराखेसम्म बैठक सञ्चालन नहुने अडान राख्दा मेयर साम्पङले समेत राष्ट्रपति र प्रधानमन्त्रीको फोटा नराख्ने अडान राखेका कारण बैठक स्थगित भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय