जाजरकोट भूकम्पको दुई महिनासम्म अधिकांश पीडित त्रिपालमै बस्न बाध्य भएका छन् । भूकम्पमा रुकुमपश्चिमका ५३ जनाको मृत्यु भएको थियो । करिब ३२ हजार घरपरिवार घरबासविहीन भएका थिए । भूकम्पपछि खोज, उद्धार, उपचार र राहत वितरणको काम प्रभावकारी भए पनि अस्थायी आवास निर्माणको काममा ढिलाइ भइरहेको छ ।

दुई महिनासम्म त्रिपालमै बस्नु परेको भूकम्पपीडितको गुनासो रहेको छ । स्थानीय सरकार अस्थायी आवासमै केन्द्रित भएको बताइन्छ । जिल्ला प्रशासनका कार्यालयको तथ्याङ्क अनुसार हालसम्म सरकारी अनुदानबाट रुकुमपश्चिममा सात हजार ७९ वटा मात्र अस्थायी आवास निर्माण भएका छन् । अधिकांश पीडित त्रिपालकै साहरामा रहेका छन । भूकम्पले चर्केकै घरमा कतिपय पीडित बस्न बाध्य छन । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको तथ्याङ्कमा सात हजार ७९ अस्थायी आवास निर्माण भएको र नौ हजार ३४१ निर्माणको चरणमा रहेका छन ।

अस्थायी आवास निर्माणका लागि सङ्घीय सरकारबाट जिल्लामा हालसम्म ८४ करोड बजेट प्राप्त भइसकेको छ । हालसम्म स्थानीय तहले ४९ करोड २९ लाख २५ हजार रुपियाँ लाभग्राहीको खातामा पठाइसकेका छन  । हालसम्म जिल्लामा करिब २७ हजार लाभग्राही पहिचान भइसकेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय