काठमाडौं । त्रिभुुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रकाशित विज्ञापन रद्द भएको छ ।
विज्ञापनबारे चौतर्फी विरोध भएपछि प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएपछि विज्ञापन रद्द भएको हो ।



प्रधानमन्त्रीले विज्ञापनमा कसैलाई पनि बन्देज हुने गरी व्यवस्था नगर्न र देश तथा विदेशबाट समेत प्रतिस्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए ।




