काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा  ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात भएको छ ।

आइतबार राति चन्द्रागिरि नगरपालिका–३ थानकोट बसपार्कस्थित ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात भएको हो । ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा १ जना स्कुटर चालक पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–३ थानकोट बसपार्कस्थित ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले सर्लाहीको मलंगवा नगरपालिका–६ घर भइ काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ खरिबोट बस्ने २६ वर्षीय अनमोल रामलाई पक्राउ गरेको हो । उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुंगाबाट आउँदै गरेको बा ५७ प ५९४६ नम्बरको स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेका थिए ।

 

रामको हातपातबाट प्रहरीको १ थान हेण्ड सेटमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय