काठमाडौँ- काठमाडौँको चन्द्रागिरी नगरपालिकामा रहेको महादेवस्थान मातातिर्थ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको साधारण सभा आइतबार भएको छ । साधारण सभाको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले उपभोक्तालाई स्वच्छ खानेपानी उपलव्ध गराउन र नगर क्षेत्रमा सरसफाइ कायम गर्न नगरपालिका गम्भीर भएर लागेको बताए ।
उनले नगरवासीलाई पानीको अभाव हुन नदिने प्रतिवद्धता पनि नाए । साधारण सभाले उपभोक्ता समितिको नयाँ नेतृत्व पनि चयन गर्ने बताइएको छ ।






