बीरगन्ज र बीरगन्ज स्थित सामुदायिक हरिखेतान बहुमुखी क्याम्पसको नयाँ भवन निर्माणमा साढे तीन करोड बढीको अनियमितता भएको खुलासा भएको छ ।
उच्च शिक्षा को पँहुच बाट बन्चित सर्वसाधारणको सन्तानलाई उच्च शिक्षा दिन २०४८ सालमा खेतान परिवारका प्रेम प्रकाश खेतानले आफ्नो पिताको नाममा हरिखेतान बहुमुखी क्याम्पसको स्थापना गरेका थिए ।
त्रिभुवन विश्वविद्यालय बाट २०४८ सालमै सम्बन्धन लिएपछि क्याम्पसमा अध्यापन सुरु भएको थियो । बीरगन्ज महानगरपालिका वडा न ३ आदर्श टोलमा निर्माणधिन नयाँ क्याम्पस भवन २ करोड ७४ लाखमा टेण्डर भएको थियो तर निर्माण नहुँदै थप ४६ लाख सहित करीव ३ करोड २५ लाख रुपैया भुक्तानी तत्कालीन क्याम्पस प्रमुख डा भगवान यादबले गरेको निमित्त क्याम्पस प्रमुख किशोरी रायले बताएका छन् । २ करोड ७४ लाख मा पहिलो तल्ला भवन प्लाष्टर, इलेक्ट्रोनिक, पल्मबर, रङरोगन सहित को टेण्डर भएको थियो ।



तर भवन कमसल र गुणस्तरहिन निर्माण भएको तथा प्लाष्टर, इलेक्ट्रोनिक, पल्मबर, रङरोगन भएको छैन । तत्कालिन क्याम्पस प्रमुख भगवान यादवले अनियमितता गरी भुक्तानी गरेकोमा छानबीन सुरु भएको निमित्त क्याम्पस प्रमुख किशोरी रायले बताए ।
क्याम्पस निर्माणमा भष्ट्राचार भएको स्थानियहरुले पनी दावी गरेकाछन् ।



