थाइल्याण्डको पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । राजधानी बैंककबाट ६० माइल उत्तर पश्चिममा रहेको कारखानामा विस्फोट हुँदा अन्य केही घाइते भएका छन् । विष्फोटका कारण नजिकका अन्य संरचना क्षति नभएको प्रहरीले जनाएको छ । सरकारले कारखानाको बैधताबारे अनुसन्धान गर्न निर्देशन दिएको छ ।
विस्फोटको कारण अझै खुलेको छैन । विस्फोटको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ । थाइल्याण्डमा पटका र अन्य आतिशबाजी उत्पादन गर्ने कारखानामा विष्फोटका घटनाहरु पछिल्लो समय समान्य हुन थालेका छन् । गत वर्ष आतशबाजीको गोदाममा विस्फोट हुँदा १० जनाको मृत्यु भएको थियो । गत वर्ष नै उत्तरी सहर चियाङ माईमा पटका कारखानामा विस्फोट हुँदा ११ जना घाइते भएका थिए ।






