प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । सुदूरपश्चिमले आज भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा गण्डकी प्रदेशमाथि १ सय ८ रनको फराकिलो जित निकालेको हो । जितसँगै सुदूरपश्चिम तीन खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । तीनै खेलमा पराजित गण्डकी अंकविहिन छ ।सुदूरपश्चिमले प्रस्तुत गरेको २ सय २ रनको लक्ष्य पछ्याएको गण्डकी ३० दशमलब २ ओभरमा ९३ रनमै समेटियो ।

अर्को खेलमा मधेश प्रदेशले नेपाल एपीएफ क्लबमाथि पाँच विकेटको रोमान्चक जित हात पारेको छ । मधेशले रोमान्चक जितका साथ एपीएफलाई आफ्नो प्रधानमन्त्री कपको इतिहासमा पहिलो पटक हराएको हो । जितको लागि २ सय ४७ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको मधेशले ४८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । जितसँगै मधेशले चार खेलमा चार अंक जोडेको छ ।

पहिलो पराजय ब्यहोरेको एपिएफको तीन खेलबाट चार अंक नै छ । आजै कीर्तिपुरमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । मुलपानी मैदानमा कोशीले दिएको ८९ रनको झिनो लक्ष्य आर्मीले ९.५ ओभरमै एक विकेटको क्षतिमा पूरा गरेको हो । जारी प्रतियोगितामा यो आर्मीको दोस्रो जित हो भने कोशी लगातार चार खेलमा पराजित भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय