चन्द्रागिरि गनरपालिकाका नगर प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बिहीबार नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, च न पा -८ मातातीर्थमा नगर प्रहरी जुनियर अधिकृत तथा जवान आधारभूत तालिमको समापन तथा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी लगायत अन्य वरिष्ठ सशस्त्र प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । नगरपालिकाको तर्फबाट नगर उप प्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत हेमराज अर्याल, नगर प्रबक्ता कृष्ण प्रसाद खड्गी, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखा प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

एक महिनाको उक्त तालिममा नगर प्रहरीहरुलाई अग्नि नियन्त्रण, आपतकालीन उद्धार, कार्यालय सुरक्षा, विशिष्ट ब्यक्ति सुरक्षा, अतिथि सत्कार, ट्राफिक ब्यबस्थापन, मानव अधिकार, ड्रिल, भुकम्प, हुल तथा दंगा ब्यबस्थापन, अनआर्म कम्ब्याट, कानूनलगायत विविध विषयमा तालिम प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय