प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशलाई ६४ रनले हराउँदै बागमतीले तेस्रो जित निकालेको हो । जितसँगै बागमती अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

बागमतीले प्रस्तुत गरेको २ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा कोशी ४७ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय ९ रनमा समेटियो । कोशीका लागि सुजन थपलियाले ५९, कप्तान अंकित सुवेदीले ५३, आइश भट्टराईले अविजित ३२ र सोनु अन्सारीले २१ रन जोडे । बागमतीका लागि इशान पाण्डेले ५, सूर्य तामाङले २, रिजन ढकाल र प्रतिकले श्रेष्ठले समान १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वागमतीले ४८ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै २७३ रन बनाएको थियो ।

बागमतीका लागि ओपनर आशुतोष घिरैयाले ११८ रनको शतकीय इनिङ खेले । रित गौतमले ४९, रविन जोशीले ४३, प्रतीक श्रेष्ढले १९ रन बनाए । कोशीका लागि अभ्यास मितिल्सिनाले ३, हेमन्त राई र कमल खत्रीले २–२ र फिर्दोस अन्सारीले १ विकेट लिए । जितसँगै दोस्रो स्थानमा उक्लिएको बागमतीको पाँच खेलबाट ६ अंक भएको छ । कोशीले अहिलेसम्म खेलेका ५ खेलमा हार व्यहोरेको छ । सुदूरपश्चिम ३ खेलमा शत प्रतिशत जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । कोशी ५ खेलमा बिना कुनै अंक पुछारमा छ । गण्डकीले पनि ३ खेलमा कुनै अंक जोडेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय