काठमाडौं । चन्द्रागिरि नगरपालिकाले स्थानीय तह क्षमता मूल्याङ्कनमा ७६.७५ अंक प्राप्त गरेको छ ।
नगरपालिकाले सम्पादन गरेका विविध क्रियाकलापहरुको बारेमा मूल्याङ्कन गर्न संघिय मामिला तथा प्रशासन मन्त्रालयबाट जारी गरिएको स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन कार्यबिधि,२०७७ बमोजिम १० वटा बिषय क्षेत्रहरुमा रहेका एकसय सुचकहरुमा एकसय पूर्णाङ्कमा मूल्याङ्कन गर्दा चन्द्रागिरि नगरपालिकाले ७६.७५ अंक प्राप्त गरेको छ । शासकीय प्रवन्धको पूर्णाङ्क ९ मा ८, संगठन तथा प्रशासनको पूर्णाङ्क ८ मा ७ अंक प्रप्त गरेको छ ।




त्यस्तै वार्षिक बजेट तथा योजनाको पूर्णाङ्क ११ मा १० , वित्तिय बजेट एबं आर्थिक व्यबस्थापनको पूर्णाङ्क ११मा ९.२५, सेवा प्रवाहको पूर्णाङ्क १६ मा ११.५, न्यायिक कार्यसम्पादनमा पूर्णाङ्क ७ मा ७ ,भौतिक पूर्वाधारको पूर्णाङ्क १३मा ७,सामाजिक समावेशिकरणको पूर्णाङ्क १०मा ७ ,वातावरण संरक्षण तथा बिपद् व्यवस्थापनको ९ पूर्णाङ्कमा ७.५ र सहकार्य र समन्वयको ६ पूर्णाङ्कमा ४ अंक प्राप्त गरेको प्रमुख प्रशासकिय अधिकृत हेमराज अर्यालले जानकारी दिए ।



