काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका छन् ।

उनीहरु आज सटर बन्द गरेर वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् । काठमाडौं महानगरपालिकाले आज (मंगलबार)देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको छ । महानगरले धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको हो । न्यूरोड क्षेत्रको सौन्दर्यीकरण र सवारी आवागमन सहज बनाउन महानगरले सडकमा पार्किङ गर्न रोक लगाउने निर्णय गरेको हो ।

पार्किङका लागि (रत्नपार्कको पुरानो बसपार्क) काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने महानगरपालिकाले जनाएको छ । तर न्यूरोड क्षेत्रका व्यापारीहरुले व्यापार घट्ने भन्दै महानगरपालिकाको निर्णय सच्याउन माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय