काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गर्दै छ ।
माघ १३ गते शनिबार वडा कार्यालयले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७८ को उपदफा ०५ बमोजिम सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न लागेको हो । वडा नम्बर ६ को कार्यालयमा आर्थिक वर्ष ०८०–०८१ मा प्रथम चौमासिक अवधिमा सम्पादित प्रशासनिक विवरण लगायत योजना, कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धि सार्वजनिक सुनुवाइ चन्दन भराटेश्वर मन्दिर प्रांगणमा गरिने वडाध्यक्ष संजय सिग्देलले जानकारी दिनुभयो ।



सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित हुन उहाँले सबै वडाबासीलाई आवहा्न गर्नुभएको छ ।



