काठमाडौं । सरकारले भिजिट भिसासम्बन्धी ६ बुँदे नयाँ कार्यविधि जारी गरेको छ ।

बुधबारदेखि लागू हुने गरि राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणाको कागजात आवश्यक पर्ने व्यवस्था सहितको नयाँ कार्यविधि जारी भएको हो । नयाँ कार्यविधिले भिजिट भिसामा जाने नेपालीका लागि सहज हुने बताइएको छ । भिजिट भिसामा विदेश जाने उतै हराउने प्रवृत्तिलाई रोक्न यसअघि सचिवस्तरको निर्णयबाट २०७८ फागुन २५ मा १७ बुँदे कार्यविधि जारी भएको थियो । तर, उक्त कार्यविधिले दलाललाई चलखेल गर्न मलजल पु-याएको र जसले गर्दा विमानस्थलको प्रणालीमा नै प्रश्न चिन्ह खडा गरेको थियो ।

 

यसअघिको १७ बुँदे कार्यविधि अव्यवहारिक भएको चौतर्फी आलोचनापछि ६ बुँदे नयाँ कार्यविधि जारी भएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय