बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्जका वन्य जन्तुहरुलाइृ पानीको अभाव भएको छ । कर्णाली नदीको वहाव परिवर्तन भए संगै निकुञ्जका वन्यजन्तुहरुलाई पानीको अभाव हुदै गएको हो । कर्णली नदीको पानी बग्ने क्रममा निकुञ्ज थर्फ र कैलालीको टिकापुर तर्फ बाँडिएको छ ।नदीजन्य पदार्थको उत्खनन र प्राकृतिक कारण बर्दिया राष्ट्रिय निकुञ्जको लालमाटी क्षेत्रको निकुञ्जतर्फ पानी वग्ने स्थानमा करिव २ कि.मी.क्षेत्रमा नदीजन्य पदार्थ थुप्रीएका कारण पानी वन्यजन्तुको वासस्थान तर्फ जान पाएको छैन् । पानी अभाव संगै बाघ, गैडा लगायत अन्य वन्यजन्तुलाई पानीको अभावका कारण प्राकृतिक वासस्थानमा समस्या देखिन थालेको बर्दिया राष्ट्रिय निकुञ्ले जानकारी गराएको छ ।
९सय ६८ वर्ग किलोमीटर क्षेत्रमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्ज तराईकै ठूलो निकुञ्ज हो । पाटेबाघको मुख्यवासस्थानको रुपमा रहेको यस निकुञ्जमा पानीको समस्या हुनलागेको करिब १० बर्ष हँुदा समेत हालसम्म राज्यबाट दिर्घकालिन रुपमा पानीको समस्याको समाधान हुन सकेको छैन ।
निकुञ्ज ऐनलाई बदलिदो परिवेस अनुसार परिमार्जित गर्न नसक्दा नेपालमा संरक्षण थप चुनौती बन्दै गएको छ । पानी अभावका कारण वन्यजन्तुको साथसाथै ठाकुरबाबा नगरपालिकाका किसानलाई पनि समस्या भईरहेको छ । सिँचाई नहरमा समेत पानीको कमी हुदा किसानले खेतमा सिँचाई गर्न पाएका छैनन् । पानीको वहाव कम भएसंगै त्यस क्षेत्रका वस्तीका जमीनमुनी पनी पानीको कमी देखिएपछि किसान चिन्तित भएका छन् ।



निकुञ्ज तथा वन ऐनमा भएका वाधककारी ऐनलाई सरकारले संसोधन गरि समस्याको समाधान गर्न नसक्दा मानव र वन्यजन्तु विचको द्धन्द दिनप्रति दिन बढ्दै गएको छ । जथाभावी रुपमा स्थानीय तहले मनोमानी ढंगबाट नदीजन्य पदार्थहरु उत्खनन गर्न दिएका कारणपनि दिनप्रतिदिन पानीको अभाव हुनथालेपछी वन्य जन्तु तथा मानवलाईनै पानीको अभाव हदै गएको स्थानीय किसानहरुको भनाई छ ।
जस्का कारण ठाकुबाबा क्षेत्रमा किसानहरुले चैतेधान समेत लगाउन छोडेका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा जानकालागि लालमाटीमा अवरोधको रुपमा रहेको नदीजन्य पदार्थलाई राज्यले लामो समयसम्म हटाउन नसक्नु दुखद कुरा हो । यस्को व्यवस्थापनको लागि यथाशिघ्र पहल नगरे वन्यजन्तु र मानवले थप समस्या झेल्नु पर्नै देखिन्छ ।



