मुग्लिन–नारायणगढ–चितवन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ ।

सवारीसाधन दैनिक चार घण्टा रोकेर गत पुस ७ गतेदेखि काम भइरहेको छ । मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आइएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का अनुसार ६० मिटर अग्लो भित्तोको झन्डै ८० प्रतिशत सम्पन्न भएको हो ।

पहिलो पटक तीन साता सवारीसाधन रोकेर भित्तो काटिएको थियो । काम नसकिएपछि दोस्रो पटक थप गरिएको तीन साता यही माघ २० गते सकिँदैछ । दोस्रो पटक म्याद थपेपछि चार दिन काम गर्न नपाएकोले थोरै दिनमात्रै थप गर्नुपर्ने हुनसक्ने आयोजनाले बताएको छ । माघभित्रमा भित्तो काट्ने सबै काम सकिने आयोजनाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय