काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी दबाब अभियान आजबाट सुरु हुँदैछ ।
दुई महिनासम्म संचालन हुने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्चीबाट उद्घाटन गर्नु हुनेछ । अभियानमा सम्पूर्ण पार्टी पदाधिकारी र सांसदहरूलाई अनिवार्य उपस्थिति हुन निर्देशन दिइएको छ ।



रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गरेको छ ।
सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको अगुवाई सांसद सोविता गौतमले गर्नु हुनेछ । भोलिदेखि संसद्को हिउदे अधिवेशन सुरु हुने भएकाले संसद् नभएको दिन मात्र अभियान संचालन हुनेछ ।



