काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले पहिचान सहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताका साथ नपाउनु दुर्भाग्यपूर्ण रहेको बताएका छन । काठमाडौंमा आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले विगतमा पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान नारा लिएर चुनावमा जाँदा आदिवासी जनजातिले नै साथ नदिएको गुनासो गरेका हुन ।
प्रधानमन्त्री दाहालले पहिचानवादी पार्टी एकतावद्ध नरहनु, जनतालाई विश्वास दिलाउन नसक्नु आफूहरुको कमजोरी रहेको भने स्वीकार गरे ।प्रधानमन्त्री दाहालले ०७० को निर्वाचन सकिएलगत्तै आदिवासी जनजातिकै स्थापित नेताले आफूसँग आदिवासी जनजाति नै पहिचान बिरोधीलाई दिएको गुनासो गरे । आदिवासी जनजातिका हक अधिकार स्थापित गर्ने कार्यमा सरकार लागिरहेको पनि उनले बताए ।






