काठमाडौं । काठमाडौं महानगर पालिकाले शान्ति बाटिकाबाट आन्दोलनकारीलाई लखटेको छ ।

सरकारले माइतीघरस्थित शान्ति बाटिकामा आन्दोलन गर्न रोक लगाए पनि आन्दोलनकारीले त्यस स्थानमा आई आन्दोलन गरेपछि महानगरले लखेटेको हो ।

न्याय माग्दै धर्नामा रहेका पीडित र मिटरब्याज पीडितहरुलाई महानगरको टोलीले त्यहाबाट हटाएको छ । साथै शान्तिबाटीकाको मर्मत भइरहेको र आर्थिक वर्ष सकिन लाग्दा त्यस्ता किसिमको गतिविधिले काममा रोकावट पैदा हुने भन्दै ठेकेदारले दबाब दिएपछि आन्दोलनकारीलाई निकाल्न बाध्य भएको महानगरले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय