विराटनगर । कोशी प्रदेशमा सरकार र आन्दोलनरत पक्षबीच आज वार्ता हुँदैछ । पहिचानसहित प्रदेशको पुनः नामकरणको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समिति र कोशी प्रदेश सरकारबीच वार्ता हुन लागेको हो ।
कोशी प्रदेश सरकारले वार्ताका लागि आह्वान गरेपछि आन्दोलनरत पक्षले बुधबार सरकारसँग वार्ता गर्ने निर्णय गरेको थियो । कोशी प्रदेश सरकारले संघर्षरत समितिसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगूको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीमा पर्यटन, वन तथा वातावरणमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रहेका छन् ।



आन्दोलनरत संयुक्त संघर्ष समितिको तर्फबाट डकेन्द्र सिंह थेगिमको नेतृत्वमा ११ सदस्यीय वार्ता टोली गठन भएको छ । वार्ता दिउँसो साढे ३ बजे विराटनगरस्थित विग होटलमा हुनेछ ।



