त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका अधिकृतसँगको विवादमा संलग्न तीन प्रहरी अधिकारीको सरुवा भएको छ । गृह मन्त्रालयको छानबिन समितिले निलम्बन सिफारिस गरेको असई सञ्जय तामाङ र दुई जवानको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएको हो । माघ १२ मा चेकजाँच गर्ने क्रममा विवाद हुँदा प्रहरी र कर्मचारीबीच हातपातको अवस्था सिर्जना भएको थियो ।
घटनाको छानबीन गर्न सहसचिव थानेश्वर न्यौपाने संयोजकत्वको समिति गठन गरिएको थियो । सो समितिले घटनामा संलग्न प्रहरीलाई निलम्बन सिफारिस गरेको थियो । तर, समितिको निर्देशन बेवास्ता गर्दै ती प्रहरी अधिकारीको सरुवा गरिएको हो । प्रहरीमा सरुवालाई वपनि कारबाहीको रुपमा लिइन्छ ।






