काठमाडौं । प्रथम एनएपीएफएस अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा राई स्कुल, ब्राईट होराईजन चिल्ड्रेन्स होम र नेपाल एपीएफ स्कुल (क) विजयी भएका छन् । राई स्कुल, नक्साल र हारती शिक्षा मन्दिर सीतापाईलाबीच भएको पहिलो खेलमा हारतीलाई १ गोलले पराजित गर्दै राई स्कुल विजयी भएको हो । सीतापाईलाविरुद्ध राई स्कुलका सोहन श्रेष्ठले गरेको १ गोल नै निर्णायक बन्न पुग्यो ।
यसैगरी आजै भएको दोस्रो खेलमा ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातीर्थले नेपालय हाईयर सेकेण्डरी स्कुल, कलंकीलाई ८–० गोल अन्तरले पराजित गरेको छ । ब्राईट होराईजनका जोतिषबहादुर शाहीले ४, चक्र मन्यालले २, विनोद गुरुङ्गले १ र प्रभाष शाहीले १ गोल गरेका थिए ।



यसैगरी शुक्रबारै भएको तेस्रो खेलमा नेपाल एपीएफ स्कुल, कीर्तिपुर (क) सँग मोर्डन ईण्डियन स्कुल चोभार पराजित भएको छ । लाई ३–० गोलले पराजित गरेको छ । मोर्डनलाई हराउन एपीएफका तेन्जिङ्ग शेर्पाले २ र रोहितले १ गोल गरेका थिए ।
आजको खेलमा राई स्कुलका आर्यनजंग थापा, ब्राईट होराईजन चिल्ड्रेन्स होमका अचक्र मन्याल र नेपाल एपीएफका तेन्जिङ्ग शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुलाई विद्यालयका समादेशक सशस्त्र प्रहरी नायव उपरीक्षक राजेन्द्र गुरागाई, अतिरिक्त क्रियाकलाप संयोजक राजकुमार प्याकुरेल र टीम व्यवस्थापक सशस्त्र प्रहरी नायव निरीक्षक दिनेश खड्काले म्यान अफ द म्याचको ट्रफी प्रदान गर्नुभएको थियो ।
शनिबार अन्तिम लीग चरणका तीन खेल हुँदेछ । पहिलो खेल सैनिक आवासीय माध्यामिक विद्यालय सल्लाघारी र ग्रीन भिलेज सेकेण्डरी स्कुल कीर्तिपुर, दोस्रो खेल पुष्पसदन स्कुल र लेवोरेटरी माध्यामिक विद्यालय कीर्तिपुर । तेस्रो खेल राई स्कुल नक्साल र नेपालय पब्लिक ईङ्गलिस स्कुल जोरपाटीबीच भिडन्त हुनेछ ।



