सप्तरी-सप्तरीको सप्तकोशी नगरपालिका र सुरुंगा नगरपालिका स्थित विभिन्न खोलाबाट मापदण्ड मिचेर अवैध उत्खन्न भईरहेको छ । थानीयबासीले खबर गरेपछि सोमबार स्थलगत रिपोर्टिग गर्न एभिन्यूज पुगेपछि दर्जन बढी ढुवानी साधन जताततै उत्खन्न गरिरहेका थिए । एभिन्यूजलाई देखेपछि ढुवानीका साधन लिएर चालकहरु भागाभाग भएका थिए ।

स्थानीय अनुसार सुरुंगा नगरपालिकाको चुरे क्षेत्रका शिशुवारी, चहका र बलान खोलाबाट मापदण्ड विपरित ढुांगिट्टी र बालुवा झिेकर भारत तस्करी भईरहेको छ । अत्यधिक दोहनले खोलाका मुहान सुक्दै गएको छ भने वातावरणमा समेत नकारात्मक प्रभाव परिरहेको स्थानीयहरु बताउँछन् । सुरुंगा नगरपालिका भित्र पर्ने नदीहरुबाट नदीजन्य पदार्थ उत्खन्न तथा संकलन गर्न चालु आ.व. ०८०-०८१ का लागि संघर्ष निर्माण सेवा उदयपुरले १ करोड २५ लाख ९९ हजार ९ सय ९९ रुपैयाँमा ठेक्का कबुल गरेको छ ।

नगरपालिकासँग ठेक्का लिँदा गरिएको सम्झौतामा बलान खोलाबाट प्रतिदिन १ हजार ६ सय, चहका खोलाबाट ५ हजार २ सय ६० तथा शिशुवारी खोलाबाट २ हजार ७ सय घनफिट मात्र नदीजन्य पदार्थको उत्खन्न गर्न पाउने उल्लेख छ । तर ठेकेदारले सो विपरित दैनिक १ सय देखि डेढ सय ट्रयाक्टर मार्फत तोकेको भन्दा दोब्बर घन फीट बालुवा गिटी झिकी लैजाने गरको स्थानीय बताउँछन् । यस्तै सम्झौतामा सुर्य उदय देखि सुर्य अस्त सम्म मात्र बालुवा गिटी झिक्न पाउने र घाटगदी गरेर नगरपालिकाको प्राविधिकद्वारा चेकजाँच पश्चात मात्र लिएर जानु पर्ने उल्लेख भएपनि घाटगदी नगरीकन आफूखुशी ठेक्केदारले उत्खन्न र ढुवानी गरिरहेका छन् ।स्थानीय बासिन्दाहरुले ठेकेदार, नगरपालिका र स्थानीय प्रशासनको मिलोमतोमा नदीको संरचना नै बिगारेर उत्खन्न भईरहेको आरोप लगाएका छन् ।

केही वर्ष अघिसम्म ढुंगा र बालुवाले भरि भराउ शिशुवारी, चहका र बलान खोलाको बगर अहिले रित्याएको देखिन्छ । एकातिर माण्डद विपरित उत्खन्न अर्कोतिर खोला छेउमै बालुवा, गिटी, ढुंगा प्रशोधनको नाममा क्रसर उद्योग नै संचालनमा ल्याएपनि सम्बन्धित मौन बसेका छन् ।


स्थानीय सरकार र प्रदेशको आँखा छल्दै चुरे क्षेत्र सँग जोडिएको खोलाहरुबाट मापदण्ड विपरित जथाभावी ढुंगा, गिटी र बालुवा उत्खन्न र अत्यधिक दुहनले खोलाहरुको मुहान सुक्नु साथै प्राकृतिक सम्पदाको विनाशले वातावरण समेत नकारात्मक प्रभाव पार्ने भएकोले अविलम्ब यसको नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान दिनु पर्नेमा स्थानीयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय