तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारि दिएकाहुन।

उनकाअनुसार ८ जनाको शव फेला परेको छ। अझै केहीको मृत्यु हुनसक्ने आशंका गरिएको छ। जीप २० जना सवार भएको अनुमान गरिएको छ।दिउँसो साढे ४ बजेतिर दुर्घटना भएको हो। अहिले पनि उद्धारकार्य जारी रहेको डिएसपी श्रेष्ठले बताए। भित्री कच्ची सडकमा दुर्घटना भएको हो। जीप सडकभन्दा तल खसेको छ।

डिएसपी श्रेष्ठ आफैँ घटनास्थल पुगेका छन्। प्रहरी र स्थानीयले घटनास्थल पुगेर उद्धार गरिरहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय