काठमाडौं । आज माघ शुक्ल पञ्चमी, श्रीपञ्चमी वा वसन्तपञ्चमी । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विशेष आराधना गर्ने दिन ।
विद्यार्थी, साहित्यकार र कलाकारले आजको दिन विद्या र कलासामग्रीको पूजा गर्छन् । आज दिनमा बालबालिकालाई अक्षरारम्भ गराउने चलन रही आएको छ ।




आजको दिन काठमाडौं उपत्यकालगायत देशैभरका सरस्वती मन्दिरमा घुइँचो लागेको छ । चन्द्रागिरि नगरपालिका भित्र रहेका सरस्वती मन्दिरमा पनि घुइँचो लागेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–६ मा रहेको ६४ शक्तिपिठ मध्ये एक ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिषरमा रहेको सरस्वती मन्दिरमा घुइँचो लागेको छ ।



