विभिन्न आठ बुँदे माग राख्दै जनमत पार्टीले सर्लाहीको कविलासी नगरपालिकामा धर्ना दिएको छ । जनमत पार्टीका जिल्ला अध्यक्ष दिगेश्वर नायकको नेतृत्वमा आज पार्टीले धर्ना दिएको हो । नगर क्षेत्रमा अग्रेजी माध्यमवाट अध्यापन गराउनुपर्ने, विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी कायम हुनुपर्ने, नगर अस्पताल निर्माण अघि बढाउनुपर्ने लगायतका माग प्रदर्शनकारीले राखेका छन ।
त्यस्तै प्रसुती गृहको निर्माण, निशुल्क औषधीको सुलभ वितरण, मलखाद निशुल्क र सुलभ वितरण र निर्माण कार्यको सार्वजनिक सुनुवाइको समेत माग जनमतले राखेको छ । धर्नाका कारण आज नगरपालिकाको काम काज समेत प्रभावित भएको छ । ज्ञापनपत्र बुझदै नगर प्रमुख ब्रह्मदेव रायले जनमतमा माग अत्यावश्यक भएको भन्दै पूरा गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन । माग सम्बोधना लागि तीन सदस्यीय समिति समेत गठन गरेको नगरपालिकाले जनाएको छ ।






