धरान- धरानका उद्योगी तथा व्यवासयीहरुको व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा हुन गइरहेको ‘धरान एक्स्पो २०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ । धरान १६ स्थित रंंगशालामा फागुन ११ देखि २३ गते सञ्चालन हुने एक्सोको तयारी पूरा भएको आयोजकले जनाएको छ।
सो एक्सोमा व्यवसायीहरुका हस्ताकला, वैज्ञानिक कृषि पद्धति, स्थानीय साधन स्रोतबाट उत्पादित वस्तुलाई प्राथमिकतामा राखेर निकासी र पैठारी गर्ने एक्स्पोको मुख्य उद्देश्य रहेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । स्थानीय स्तर तथा प्रदेशमा उत्पादन भएका सामाग्री, कृषि सामाग्री, पर्यटन प्रवद्र्धन नै यसको प्रमुख उद्देश्य रहेको बताए ।
यसका अलावा एक्स्पोमा व्यवसायिक चेतना अभिवृद्धि, सूचना तथा प्रविधिसम्बन्धी जानकारी, आन्तरिक तथा वाह्य पर्यटकलाई लोपोन्मुख कला संस्कृति र धार्मिक स्थलको महिमा जस्ता विषयमा समेत एक्स्पो केन्द्रित हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।



उनका अनुसार एक्स्पोमा विभिन्न प्रकारका १ सय ५० भन्दा बढी स्थल निर्माण भइससकेका छनर । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सँस्कृति तथा पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयलगायतका सरकारी निकायहरुले एक्स्पोको प्रवद्र्धन गर्नेै भएकोले विगतको भन्दा यस बर्षको एक्स्पो भव्य हुने उनको भनाई छ ।
एक्स्पोको अर्के उद्देश्य धरान तथा आसपासमा रहेका धार्मिक क्षेत्रको प्रचारप्रसार समेत रहेको छ । यस क्षत्रमा रहेका धार्मिक तीर्थस्थल दन्काली, बुढासुब्बा, पिण्डेश्वर, पञ्चकन्या, विष्णुपादुका, बराहक्षेत्र, औलिया बाबा मन्दिर लगायतको प्रचारप्रसार गर्दै यहाँ भएका पर्यटकीय स्थल श्रम सँस्कृति पार्क, विगतदेखि नै साहसिक खेलकुदको प्रवद्र्धनमा भूमिका खेल्दै आएको प्याग्लाइडिङ, ¥याफ्टिङ, जिपलाइन, स्काई साइकिलिङ, ह्याडिङ ब्रिजलगायतको विभिन्न टुर प्याकेजको व्यवस्था गरी पर्यटक बढी भन्दा बढी भित्र्याउने लक्ष्य राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
एक्स्पोले कृषि क्षेत्रलाई समेत प्राथमिकता राख्ने जनाइएको छ । विगतको भन्दा अझ धेरै अवलोकनकर्ता र उपभोक्ताको सख्यामा बद्धि गर्ने लक्ष्यसहित औधोगिक प्रदर्शनी र समन्वयमा जोड दिदै स्थलमा राखिएका बस्तुको बढी भन्दा बढी खरिद विक्री गर्ने लक्ष्य यो एक्स्पोबाट राखिएको स्टल व्यवस्थापन समितिका संयोजक विष्णु बरालले बताउनुभयो । एक्स्पोमा राष्ट्रिय स्तरको कलाकारद्वारा मनोरञ्जन समेत दिइने जनाइएको छ । यसका लागि संघले दिउँसो १० देखि ४ बजेसम्म प्रवेशमा कुनै शुल्क नलिए पनि बेलुका ५ देखि १० बजेसम्म भने १ सय देखि २ सय रुपैया शुल्क लिने जनाएको छ ।



