नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा आज सामान्य सुधार देखिएको छ । आज नेप्से ९ दशमलब ३४ अंकले बढेर २ हजार १ दशमलव ६४ विन्दुमा बन्द भएको हो । आज बजारमा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडको भएको छ । कम्पनीको १४ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ । आज कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

बोटलर्स नेपाल बालाजु लिमिटेड र बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सामलिङ पावर कम्पनी लिमिटेडको शेयर मूल्य पनि ९ दशमलब २६ प्रतिशतले बढेको छ । मंगलबार चिख्र्वा हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा उच्च गिरावट आएको छ । कम्पनीको शेयर मूल्य ५ दशमलब ०६ प्रतिशतले घटेको छ । कारोबार भएका कम्पनीमध्ये १ सय ४३ वटाको बढेको छ भने ८९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १६ कम्पनीको शेयर मूल्य स्थिर छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय