सगरमाथी आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनेकी छिन । नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै आज उनी त्यसतर्फ प्रस्थान गरेकी हुन । प्रस्थान अघि काठमाडौंमा एक कार्यक्रमबीच बुद्धाचार्यलाई मोतीदेवी स्मृति केन्द्रले शाहसिक महिला, सगरमाथा आरोही तथा युवा वैज्ञानिक सम्मान गरेको छ । सो क्रममा उनले विगतको आफ्नो आर्थिक अवस्था कमजोर हुँदा खेप्नुपरेको समस्या र दुःखको स्मरण गरिन ।

यसअघि पनि रोजिताले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरस्थित स्पेस टेलिस्कोप साइन्स इन्स्ट्च्यिुटमा छात्रवृत्तिमा अध्ययन गरेकी थिइन । त्यतिवेला उनी विश्वभरबाट पाँच सय आवेदकमध्ये १४ जनामा छनौट भएसँगै स्पेस टेलिस्कोप साइन्समा उनले पढने मौका पाएकी हुन । अहिले नासामा पनि पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि बुद्धाचार्यले मौका पाएकी हुन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय