खोटाङ- खोटाङमा जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छनोट खेल शुरु भएको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा ६ विद्यामा २ सय ३४ पदकका लागि आज मङ्गलबार देखि जिल्ला स्तरीय छनोट खेल शुरु गरिएको हो ।

६ विद्यामा २ सय ३४ पदकका लागि शुरु भएको जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाका ९ स्थानीय तहका विद्यालयका बिद्यार्थी खेलाडीहरु सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले बताएकाछन्। ३ दिनसम्म चल्ने जिल्लास्तरीय छनोट प्रतियोगितामा भलिबल, सितोरियो कराँते, तेक्वान्दो, उसु र एथ्लेटिक्स खेलमा प्रतिस्पर्धा हुने प्रमुख केसीले जानकारी दिए ।

प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा खोटेहाङ गाउँपालिका , केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, रावाबेँसी गाउँपालिका, बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिकामा सञ्चालित माध्यमिक तहका विद्यालयमा बिद्यार्थीहरुको सहभागिता रहेको छ । जिल्ला स्तरीय छनोट प्रतियोगिता अन्तरगत एथलेटिक्समा सबैभन्दा बढी २६ स्वर्ण, २६ रजत र २६ कास्य पदकका लागि प्रतिस्पर्धा आयोजकले जानकारी दिएको छ ।

कबड्डीमा दुई स्वर्ण, दुई रजत र दुई कास्य, भलिबलमा दुई स्वर्ण, दुई रजत र दुई कास्य, सितोरियो कराँतेमा १२ स्वर्ण, १२ रजत, २४ कास्य र तेक्वान्दोमा १२ स्वर्ण, १२ रजत, २४ कास्य तथा उसुमा १२ स्वर्ण, १२ रजत र २४ कास्य पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने स्थानीय तहले क्रमशः नगद १५ हजार, १२ हजार र ९ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

जिल्लास्तरीय प्रतियोगितामा छनोट भएका बिद्यार्थी खेलाडीहरुले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रदेशस्तरीय प्रतियोगितामा जिल्लाबाट एथलेटिक्समा २२, कबड्डी र भलिबलमा १८÷१८ तथा सितोरियो कराँते, उसु र तेक्वान्दोमा १२÷१२ जना बिद्यार्थी खेलाडीहरुले सहभागिता हुने छन् । साथै प्रदेश स्तरीय छनोट प्रतियोगितामा खेलाडीसँगै संरक्षक, प्रशिक्षक र व्यवस्थापकसहित १सय ११ जना जिल्लाबाट पठाइने आयोजकले जनाएको छ ।

जिल्लास्तरीय छनोट प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गर्नुभएको थियो । १० स्थानीय तह रहेको जिल्लामा जन्तेढुङ्गा गाउँपालिकाले प्रतियोगितामा सहभागिता नभएको आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय