काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्ज र सह–इञ्चार्ज तोकेको छ ।
पार्टी कार्यालय पेरिस डाँडामा दुई दिन बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता अग्नीप्रसाद सापकोटाले प्रदेश इञ्चार्ज र सह–इञ्चार्जहरू तोकिएको जानकारी दिए । कोशी प्रदेशको इञ्चार्जमा हरिवोध गजुरेल र सह –इञ्चार्जमा सावित्री कुमारी काफ्ले, मधेश प्रदेशको इञ्चार्ज लीलामणी पोखरेल,सह–इञ्चार्ज विश्वनाथ साह,बागमती प्रदेशको इञ्चार्ज अग्नीप्रसाद सापकोटा,सह –इञ्चार्ज तोक्न बाँकी,गण्डकी प्रदेशमा दिनानाथ शर्मा इन्चार्च र हरिराज अधिकारीलाई सह– इन्चार्चको जिम्मेवारी दिइएको छ ।



त्यस्तै लुम्बिनी प्रदेशमा चक्रपाणी खनाललाई इञ्चार्ज र कुलप्रसाद केसीलाई सह–इञ्चार्ज,कर्णाली प्रदेशमा काली प्रसाद मल्ल इञ्चार्ज बनाइ सह–इञ्चार्ज तोक्न बाँकी छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराज मणि पोखरेल इञ्चार्ज र बिना मगरलाई सह–इञ्चार्जको जिम्मेवारी दिइएको छ । प्रवास प्रदेश समितिको मध्यपुर इञ्चार्जको जिम्मेवारी पम्फा भुसाल, प्रवास प्रदेश समिति भारतको इञ्चार्जमा लक्ष्मण पन्त र सह–इञ्चार्जमा टीभी पाठक,प्रवास प्रदेश समिति युरोप–अमेरिकालगायतको इञ्चार्जको जिम्मेवारी सुरेन्द्र कुमार कार्की,विशेष प्रदेश समितिको इञ्चार्जको जिम्मेवारी हितमान शाक्य र सह इञ्चार्जको जिम्मेवारी यशोधा सुवेदीलाई दिएको छ ।
साथै बैठकले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय पनि गरेको छ । बैठकमा अधिकांश सदस्यहरूले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड दिएका थिए । माओवादीले प्रधानमन्त्री गुमाउने बित्तिकै संवैधानिक परिषद्ममा शून्य उपस्थिति हुने भन्दै उनीहरुले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीलाई पुष्पकमल दाहाललाई दबाब दिएका हुन । उम्मेद्वारी दिने निर्णयले गठबन्धनमा कुनै असर नपर्ने पनि माओबादीले स्पष्ट पारेको छ । साथै अब आउने निर्वाचनमा पार्टीले नै सिंगल, स्वतन्त्रतापूर्वक प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । यद्धपी गठबन्धन गर्ने/नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिअनुसार गर्ने कार्यनीति भएको माओबादी केन्द्रका प्रवत्ता अग्नीप्रसाद सापकोटाले बताए ।
बैठकले चैत्र १५ गतेदेखि मधेश तराई राष्ट्रिय जागरण अभियान र हिमाल पहाड मधेश राष्ट्रिय अभियान बैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ ।



