काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत रहेको चार वटा संसदीय समितिको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित समितिको सचिवालयले सूचना जारी गर्दै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने जानकारी दिएको हो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा फलामे छडको कच्चा पदार्थ र बिलेट्सबीच भन्सार महसुल एवं अन्तःशुल्क, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागको कामकारवाही, पूर्वाधार विकास समितिको बैठकमा निर्वाचन क्षेत्र जोड्ने रणनैतिक सडकका सन्दर्भ र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूचि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय