मोरङको बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने सडकखण्डमा ट्रिपरले ठक्कर दिँदा तीनको मृत्यु भएको छ । बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको यात्रुवहाक जीपलाई प्र.२–००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ ।

झापा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र ४४ वर्षीया दिपा खनालको घटनास्थलमै र विर्तामोड–२ का ३६ वर्षीय कृष्ण गजुरेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय