चितवन- चितवनको भरतपुर महानगरले आज भ्रमण बर्ष २०२४को शुभारम्भ गर्दैछ । नारायणी नदि किनारमा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रमण बर्षको एक समारोहविच उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
उदघाटन समारोहमा पूर्व प्रधानमन्त्री सहित प्रमुख दलका नेताहरु समेत सहभागि हुनेछन । आयोजक भरतपुर महानगरका अनुसार पुर्वप्रधानमन्त्रीहरु शेरवहादुर देउवा ,केपि ओली,माधव नेपाल ,झलनाथ खनाल ,मन्त्री परिषद्का पुर्व अध्यक्ष खिलराज रेग्मी ,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई उदघाटन समारोहमा निम्ता गरिएको छ ।



भरतपुरका विभिन्न २९ वडाका अध्यक्षहरुको नेतृत्वमा समुद्घाटन अघि झाँक्री सहितको र्याली निकाल्ने तयारी छ । भरतपुर महानगरले विभिन्न ७ मुख्य र अन्य गरि २१ वटा पर्यटकीय गन्तव्य पहिचान गरि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धनका लागि भरतपुर भ्रमण बर्ष २०२४ को आयोजना गरेको हो ।



