पर्सा- पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं २ बंकुल टोलमा राष्ट्रिय निकुन्ज हुदै राष्ट्रिय वन जंगलबाट मानव बस्तीमा आएका जंगली बाघले एक जना पुरुष माथि आक्रमण गरेको छ । पटेर्वा सुगौली गाउँपालिका वडा नं २ बंकुल टोल बस्ने वर्ष ६५को रामेश्वर राउत उराव घाईते भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिएकाहुन ।

घाइते उरावलाई स्थानीय क्लिनिकमा उपचार गराएर थप उपचारको लागी विरगन्ज नारायणी अस्पतालमा लागिएको छ ।शनिबार विहान ९स्४० बजे घाइते उराव गहुँको खेतमा गहुँ वली हेर्न गएको बेला जंगल बाट आएको बाघले उनलाई लछारपछार गरी शारीरिको विभिन्न ठाउँ टोकेर घाईते बनाएको थियो ।

यसैगरी सखुवा प्रसौनी गाउँपालिका वडा नं२ रामभौडी टोलमा गाउ नजिकै खेतमा पोथी बाघ मृत अवस्थामा फेला परेको छ । शनिबार विहान १० बजेको समयमा मृतक बाघ देखेर स्थानीयवासीले ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा खबर गरेपछी प्रहरी र रंगपुरका वन कर्मचारीले मृत बाघलाई मुचुल्का गरेर पशु अस्पताल पर्सा बुझाएको रेन्जर कपिलदेव यादवले बताए । मृत बाघ के कसरी मरेको विषयमा पोस्टमार्टम पछी कारण खुल्ने जानकारी दिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय