काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो । झण्डै एक घण्टा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।

संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक संसद्बाट पारित गर्ने तयारी भइरहेका बेला सत्ता नेतृत्वकर्ता र प्रमुख प्रतिपक्ष दलका दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । भेटमा अध्यक्ष ओलीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयकलाईअघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिएको जानकारी दिनुभएको छ ।

सत्ता गठबन्धनमा चिसोपन आइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले जोड दिँदै आएको शान्ति प्रक्रियासम्बन्धी काम अघि बढाउन प्रमुख प्रतिपक्षी तयार देखिएको हो । विधेयक पीडितमैत्री हुनुपर्ने अडान एमालेले राख्दै आएको छ । अहिले पनि त्यसको मूल भावनामा तलमाथि नहुनेगरी भाषा मिलाएर अघि बढाउन एमालेले सहमति जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय