काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी गर्नुभएको छ । प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडी नयाँ गठबन्धन बनाएपछि प्रचण्डबाट धोकाधडी भएको निष्कर्षसहित बदला लिने रणनीतिका साथ कांग्रेस अघि बढेपछि विश्वासको मत लिने संवैधानिक समयसीमा तीन हप्ताभन्दा बढी समय बाँकी छँदै प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो ।

कांग्रेसले अहिले बनेको गठबन्धन तोड्न एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने तथा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव नै अघि बढाइसकेको छ । कांग्रेसले आफ्नो यो प्रयास असफल भएसँगै वैकल्पिक गठबन्धन बनाउन अन्य दलहरूसँग संवाद जारी राखेको छ । एमालेले भागबन्डामा हदैसम्मको लचकता अपनाउनु र आफुले पाएको मन्त्रालयमा शीर्ष नेताहरूलाई सामेल नगर्नु नयाँ गठबन्धनको भविष्यसँग जोडेर हेरिन थालिएको छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मतको प्रस्तावको पक्षमा कम्तिमा १३८ सांसदको मत पाउनुपर्छ । प्रधानमन्त्रीलाई एमालेका ७६, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद गरी अहिले १५१ सांसदको समर्थन छ । प्रतिनिधि सभाको बैठक फागुन ३० गते बस्दै छ । यही बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिन सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय