काठमाडौं- कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको उपचारका क्रममा निधन भएको छ । यही फागुन २० गते जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट घाइते भएका खत्रीको माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा आईतबार ज्यान गएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिएकाछनु। बसका चालक नवराज गिरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।






