काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउनु भएको छ ।
गृहमन्त्री लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभई प्रधानमन्त्री दाहाललाई प्रतिवेदन बुझाउनु भएको हो ।



प्रधानमन्त्रीले प्रतिवेदन बुझ्दै कसैको दबाब र प्रभावमा नपरी प्रदोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने गरी काम अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।



