टिकटक माथी प्रतिबन्ध लगाउने अमेरिकी तयारी प्रति चीनले आपत्ति जनाएको छ । अमेरिकी संसदमार्फत टिकटक प्रतिबन्ध गराउने बिधेयकले चाँडै नै अमेरिकामा प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला गरेपछि चीनले आपत्ति जनाएको हो ।

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले विधेयकमाथिको मतदान निष्पक्ष प्रतिस्पर्धा र न्यायको सिद्धान्तविपरीत भएको पहिलो प्रतिक्रिया दिएका हुन । चीनले अमेरिकी संसदको सो प्रयासलाइ अन्याय पुर्ण र डाकु जस्तो व्यवहार भनेको हो ।

चीनले आफ्नो वैध अधिकार र हितको रक्षा गर्न सबै आवश्यक कदम चाल्ने जनाएको छ । अमेरिकी संसदले पारित गरेको विधेयकले टिकटकको मूल कम्पनीको फर्मबाट टिकटक अलग हुनु पर्ने सर्त राख्दै सो एपमाथि प्रतिबन्ध लगाउन ६ महिनाको समय दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय