काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । गृहमन्त्री रबि लामिछानेले प्रधानमन्त्री दाहाललाई सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगको प्रतिवेदन शुक्रबार बिहान बुझाएका थिए ।

आयोगले सुन तस्करीमा संलग्न र तस्करी गर्नेहरूलाई जोगाउने प्रहरी अधिकारी समेतलाई कारवाही गर्न सिफारिस गरेको छ । आयोगले इलेक्ट्रिक चुरोट ‘भेप’ मार्फत् गरिएको सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता देखिएको भन्दै मुद्दा चलाउन सिफारिस गरेको छ । आयोगले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलगायत उच्च प्रहरी अधिकारीहरूलाई विभागीय कारवाही गर्न पनि सिफारिस गरेको छ ।

सोही प्रतिवेदनको कार्यान्वयनबारे छलफल गर्न प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । बैठक आज साँझ ५ बजे बस्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय