सहकारीको रकम हिनामिना प्रकरणमा समातिएका दीपेश पुनलाई आज प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ । बचतकर्ताको ७८ करोड रुपैयाँ अपचलन प्रकरणमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीका तत्कालीन सचिव दीपेशलाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई सोही दिन राति बुटवल लगिएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलमा अन्य थुनुवासँगै ५ नम्बर थुनुवा कोठामा राखिएका पुनमाथि हाललाई सहकारीको रकम अपचलनको विषयमा मात्र छानबिन हुने छ । इलाका प्रहरी कार्यालय बुटवलले झन्डै एक महिनादेखि सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गरिरहेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशको नाम सुन तस्करीमा पनि जोडिएको छ । उनी माओवादी केन्द्रका विशेष प्रदेश कमिटीका सदस्य तथा अखिल क्रान्तिकारीका महासचिव हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय