सशस्त्र प्रहरीले सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको १ सय ६४ किलो गाँजा मध्यरातमा बरामद गरेको छ। बुधबार बिहान १ः३५ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका –१ स्थित सप्तोकोशी नदीको किनारमाबाट गाँजा बरामद गरेको हो ।
५र६ जना व्यक्तिहरुले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले गाँजा बरामद गरेको सुरक्षा बेस चतराले जनाएको छ । रातको समय भएकोले डुंगा लिई ब्यक्तिहरु फरार भएको र उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४ गणबाट फाल्गुन १ गते देखि हालसम्म १ एम्बुलेन्ससहित ५६४।४७५ किलो गाँजा बरामद भएको छ ।






