काठमाडौं । सुनको मूल्य बिहीबार एकै दिन तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको छ ।
बुधबार प्रति तोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको हो । फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएकोमा सो रेकर्ड ९ दिनमै तोडिएको छ ।



चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ ।



