काठमाडौ । तेस्रो संस्करणको राइट टु प्रोटिन हाफ म्याराथन सम्पन्न भएको छ ।

प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एशोसिएसनले यस म्याराथन आयोजना गरेको हो ।दशरथ रंगशालाबाट सुरु भएर भक्तपुरको राधे राधेबाट फर्किएको हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले जितेका छन् ।महिला तर्फ सन्तोषीले १ घण्टा २० मिनेट १९ सेकेन्डमा दौड पूरा गर्दै प्रथम भइन । नेपाल पुलिस क्लबकी राममाया बुढाले १ घण्टा २१ मिनेट ५६ सेकेन्डमा दौड पुरा गर्दै दोश्रो, एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २३ मिनेट २ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरिन् । पुरुषतर्फ दीपक अधिकारीले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गर्दै प्रथम भए । एपीएफका गोपिचन्द्र पार्कीले १ घण्टा ७ मिनेट ४२ सेकेन्डमा दौड पुरा गर्दै दोश्रो र तीर्थ पुन १ घण्टा ७ मिनेट ४३ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए । हाफ म्याराथन महिला र पुरुषतर्फका विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रोले ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन ।१० किलोमिटर पुरुषतर्फ आर्मीका मुकेश पाल प्रथम, सञ्जय श्रेष्ठ दोस्रो, गजेन्द्र राई तेस्रो भए । ५ किलोमिटर खुल्ला महिलातर्फ आर्मीकी सृर्जना पाण्ड्य प्रथम, पुलिसकी राजपुरा पछाई दोस्रो, निर्मला केसी तेस्रो भइन ।

 

स्कुलतर्फ ५ किलोमिटरमा विश्वराम कुँवर प्रथम, बादल कार्की दोस्रो, विकेश घिमिरे तेस्रो भए भने ह्विलचियर ३ किलोमिटर पुरुषतर्फ राम काजी मिजार प्रथम, रमेश खत्री दोस्रो, प्रेम विक तेस्रो र महिलातर्फ ऐश्वर्य कुमारी कुमाल प्रथम, यामी झाक्री मगर दोस्रो, रजनी राई तेस्रो स्थानमा रहिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय