काठमाडौं । नेकपा एकीकृत समाजवादीले राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ ।
पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा कमिटी गठन गरेको हो । कमिटीमा अर्की उपाध्यक्ष जयन्ती राईलाई उपसंयोजक तोकिएको छ । कमिटीमा केही राजनीतिक व्यक्तित्व र पूर्वसुरक्षाकर्मीलाई आवश्यकतानुसार सदस्यका रूपमा थप गर्ने गरी जिम्मेवारी दिने भयको हो । देशभर महाधिवेशन केन्द्रित संगठन सुदृढीकरण गरिरहेको पार्टीले सदस्यता विस्तार, प्रशिक्षण, राजनीतिक गतिविधि र जनवर्गीय संगठनका अधिवेशनलगायत कार्यक्रम सञ्चालन गरेको छ । महाधिवेशन दस्तावेज लेखन समितिले केन्द्रमा राजनीतिक प्रतिवेदनमा छलफल केन्द्रित गरेको छ ।महाधिवेशनका लागि पार्टीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटीले महाधिवेशन तयारीतीव्र रूपमा अगाडि बढाएको हो । पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि कमिटी गठन गरेको हो ।



पार्टीको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने कार्यक्रम तय भएको छ ।



